Logo

घरको छतबाट खसेर युवकको मृत्यु


काठमाडौं । जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका( १ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको मंगलबार बिहान छतबाट खसेर मृत्यु भएको हो।

भेरी नगरपालिका( ३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी एक पोल्टी फममा काम गर्थे। पोल्टी फम सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्