सार्वजनिक शौचालय निर्माण
विकास टाइम्स
प्रकाशित मिति : 18 March, 2022

विकास टाइम्स
प्रकाशित मिति : 18 March, 2022

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको रु ३५ लाखको लागतमा म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
पृथ्वीराजमार्गका क्षेत्रमा शौचालय नहुँदा जथाभावी फोहोर हुन थालेपछि शौचालय निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । खुला दिसामुक्त बनेको जिल्लामा जताततै दुर्गन्ध र फोहोर गर्न थालेपछि शौचालयको आवश्यकता महसुस गरी शौचालय निर्माण गरिएको हो ।
उहाँले भन्नुभयो, “वडालाई न्यूनतम मासिक भाडा बुझाउने गरी ठेक्कामा दिने योजना बनाएका छौँ । शौचालयमा रेखदेख र सरसफाइका लागि एक÷दुईजना जनशक्ति आवश्यक पर्ने हुँदा दिसापिसाब गरेको न्यूनतम शुल्क तोकिने सोच बनाएका छाँै । ” शौचालयको निर्माण पूरा भइसके पनि प्रयोगमा ल्याई नसकिएको सो वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

