Logo

बाबुरामले स्वीकार गरे काठमाडौंको मेयरको प्रस्ताव, राजनीतिमा नयाँ तरंग


काठमाडौं । देशको प्रधानमन्त्री बनिसकेका जनता समाजवादी पार्टी ९नेपाल०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउँनु पर्ने भन्दै सम्झना नामक ट्विटर प्रयोगकर्ताले लेखेपछि नयाँ तरंग आएको छ । ती ट्विटर प्रयोगकर्ताको सुझावलाई भट्टराई आफैंले आफ्नो ट्विटरमा शेयर गर्दै स्वीकारोक्तिको आशयमा प्रतिक्रिया लेखेपछि राजनीतिक वृत्तमा यसको बहस हुन सक्ने सम्भावना देखिएको हो ।

ुबाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला रु कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झिँन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो रु प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुराम जस्ता आँट भएका मान्छे न आइ बन्दै बन्दैन,ु ( ती ट्वीटर प्रयोगकर्ताले लेखेकी छन् ।

आफू प्रधानमन्त्री भएका बेला शहरका साँघुरा सडक फराकिलो बनाउँन लिएको अडानको प्रशंसा गरेर लेखिएको सामाग्रीमाथि भट्टराईले लेखेका छन् । ुप्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ१ फ्रान्सका पूर्व प्रमभ्मयगबचम एजष्ष्उिउभअहिले त्यहॅाकोीभ ज्बखचभनगरका मेयर छन्।म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख रमेयर बन्नोस्१ कसैले सुने पो१हाम्रो संस्कार जो छ१ु

सम्झनाको ट्विटमा रिट्विट गर्ने अधिकांशले काठमाडौंका सडक फराकिलो बनाउने अभियानको जस भूपू मेयर केशव स्थापितलाई दिएका छन् । त्यसै गरी भट्टराईको ट्विटमा रिट्विट गर्नेहरुले आफैंबाट उदाहरण सुरु गर्ने हो भने वडाध्यक्ष बनेर देखाउँन सुझाव दिएका छन् । काडमाडौंमा वडा सदस्य पनि जित्न नसक्ने भनाई समेत आलोचकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्