Logo

प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जादै


काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । सुन्दरहरैचा नगरपालिका स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।

उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्