Logo

१८ करोड रकम फिर्ता गर्न गोकुल बास्कोटाको माग


काठमाडौं । पुर्व संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले ग्रामीण दूरसंचार पुर्वाधार विकासका नाममा सीजी टेलिकमले सरकारसंग लुटेको रकम फिर्ता हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक संजालमा टिवटरमा लेख्दै १६ जिल्लामा पिसीओ राख्न अनुदान लगेको एक करोड १८ लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सीजी टेलिकम विरूद्ध अफवाह फैलाईरहेका एक पूर्व मन्त्रीले २५ लाखमा लाईसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएको आरोप लगाएपछी बांस्कोटाले त्यसको जवाफ दिएका हुन् ।

निर्वाणले अगाडी भनेका थिए ‘यो त कुनै टेलिकमका लागि उहांहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रकृयाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौं ।’

यसअघि एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्वमन्त्री बांस्कोटाले टिवटरमै लेखेका थिए ‘सरकारले बीस अर्ब लिएर दिनु पर्ने एकिकृत दुरसन्चार सेवा सन्चालन अनुमती पत्र ग्रामीण दुरसन्चार सेवा सन्चालन अनुमती पत्रका नाममा पच्चिस लाखमै दिने तयारी तिब्र। जय परमादेशी कम्फर्टेवल । ’ बांस्कोटाले यसअघि संचारमन्त्री भएको बेला पनि सिजी टेलिकमले सरकारबाट लिएको अनुदान रकम हिनामिना भएको भन्दै प्रश्न उठाएका थिए ।

सीजीले आधारभूत टेलिफोन सेवाको अनूमतिपत्र लिन लामो समयदेखी प्रयास गरिरहेको छ । तर, उसले सबै प्रक्रिया पुरा नगर्दा अहिलेसम्म लाइसेन्स भने पाएको छैन् । संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भने अहिले सीजीलाई लाइसेन्स दिने गृहकार्यमा लागेको स्रोत बताउछ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कांग्रेसका केन्द्रीय सदस्य तथा समानुपातिक सांसद छन् । उनले सत्ताको आडमा लाइसेन्स लिन प्रयास जारी राखेका छन् । तर, उनको लागि नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बाधक बनेको छ । बोर्डले सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवा मोबाइल सर्भिस को लाइसेन्स दिने गरी प्रकाशित हुने राजपत्रको मस्यौदा र सिफारिस गर्न अस्वीकार गरिसकेको छ ।

संचार सचिव बैकुण्ठ अर्यालले जोखिम मोलेर राजपत्र प्रकाशन गर्ने सम्भावना समेत कम भएकाले तत्काल सीजीलाई कानुन मिचेर लाइसेन्स दिने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्