Logo

जनयुद्धका घाइतेहरुलाई राहत दिन प्रधानमन्त्री समक्ष प्रचण्डले राखे लिखित माग


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेहरुलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । मंगलबार प्रचण्ड लिखित माग सहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले देउवालाई भेटेर दश वर्षे जनयुद्धका क्रममा घाई बनेकाहरुलाई राहत र सम्मान दिन आग्रह गरेका छन् । जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएकाहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गरी जीविकोभरण हुने गरी राहत दिन उनको माग रहेको छ ।

हेरौं ५ बुँदे माग यस्तो रहेको छ :

१। सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,

२। सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरूलाई सूचीकृत गर्ने,

३ । सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

४। जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,

५। सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

प्रचण्डले देउवालाई भेट्न जानुअघि वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका(६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको र दुबै खुट्टा अप्रेसन गरेर फाल्नु पर्ने अवस्थाको गम्भिर बिरामी रानालाई आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने तथा सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने बचन प्रचण्डले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्