Logo

चितवनको गठबन्धन काठमाडौमा नै तय हुने प्रचण्डको घोषणा


चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनको गठबन्धन विगतमा झै केन्द्रिय तहमा गरेर पठाउने जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए ।

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनले स्पष्ट पारे । आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरे । ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्