६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिदै गद्दी बैठक
विकास टाइम्स
प्रकाशित मिति : 29 March, 2022

विकास टाइम्स
प्रकाशित मिति : 29 March, 2022

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ ।
हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुर्निर्माणको कार्य जारी छ ।
प्रतिक्रिया दिनुहोस्

