इँटा बोकेको ट्रकमा आगलागी
विकास टाइम्स
प्रकाशित मिति : 31 March, 2022

विकास टाइम्स
प्रकाशित मिति : 31 March, 2022

काठमाडौं । चितवन भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।
ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्

