Logo

टोखामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’


काठमाडौँको टोखा नगरपालिकामा ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ । विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवद्र्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरपालिकाका शिक्षा शाखाप्रमुख बाबुराम गौतमले नगरपालिकाको शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाबाट सम्पादन गरिएका कार्यलाई विद्यार्थीमाझ चिनाउनका लागि ‘जनप्रतिनिधीसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिका भित्रका प्रत्येक विद्यालयका तीन छात्रा, तीन छात्र र एक शिक्षकलाई समावेश गरिएको थियो । नगरपालिकामा हाल आठ सामुदायिक र ८५ संस्थागत विद्यालय छन् । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा समेत सहयोग पु¥याएको सो नगरपालिकाले जनाएको छ ।

उहाँले ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ मा टोखाभरिका ५०० भन्दा बढी शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । गत फागुनको दोस्रो हप्तादेखि सुरु गरिएको उक्त कार्यक्रम टोखाका ११ वटै वडामा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, शिक्षा शाखाप्रमुख, स्वास्थ्य शाखाप्रमुख, महिला तथा बालबालिका शाखाप्रमुख, ११ वटै वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको हकहितका लागि गरिएको कामबारे विद्यार्थीलाई अवगत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्