Logo

फुटबल प्रतियोगिता


काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आउँदो शुक्रबारदेखि मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।जिल्ला फुटबल सङ्घ र फत्तेपुरस्थित न्यू त्रियुगा स्पोर्ट्स क्लबद्वारा शहीद स्मृति रङ्गशाला आयोजना गरिने प्रतियोगितामा प्रदेश नं १ र मधेस प्रदेशका आठ टोली सहभागी हुने जनाइएको छ ।

राष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित टोलीमा आयोजक संस्थाका साथै झापाको दमक फुटबल एकेडेमी, सुनसरीको इटहरी फुटबल क्लब, मोरङको डागिहाट फुटबल क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सिरहाको सहलेस फुटबल क्लब, महोत्तरीको एपिएफ फुटबल क्लब र सर्लाहीको बागमती युवा क्लबको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव अमर खवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाखसहित ट्रफी प्रमाणपत्र र पदक प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, म्यान अफ दी म्याच, बेस्ट गोल किपरलाई समेत पुरस्कृत गरिने जनाएको छ । सप्तरीको १ ९क० बाट निर्वाचित सांसद सत्यनारायण मण्डलको संसदीय विकास कोष र स्थानीय दाताहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएकोे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्