Logo

‘नलाऊ माया दुईतिर’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो : बाबुराम भट्टराई


काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटघाट भएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको जम्काभेट भएको हो । उनीहरुको भेट भएको जानकारी बाबुरामले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट १ ‘नलाऊ माया दुईतिर‘’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो, बाबुरामले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्