Logo

नेताहरुको हेलिकोप्टर मोहमा डा. भट्टराईको प्रहार, आयोगको निर्णय विडम्बनापूर्ण


काठमाडौं । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै त्यसको प्रचारमा जाँदा नेताहरुले देखाएको हेलिकोप्टर मोहप्रति जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रहार गरेका छन् । डा। भट्टराईले सोमबार एक अनलाइनमा प्रकाशित समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै यस्तो प्रहार गरेका हुन् ।

उक्त प्रसंगमा डा। भट्टराईले निर्वाचन आयोग तथा संवैधानिक निकायहरुमाथि साना माछा समात्ने र ठुला मान्छे छोड्ने नीति बनाएको आरोप समेत लगाएका छन् । आयोग र संवैधानिक निकायले यस्तो नीति बनाउनु विडम्बनापूर्ण रहेको टिप्पणी समेत उनले गरेका छन् ।

चुनावमा हेलिकोप्टर जस्ता खर्चालु साधन प्रयोग गर्ने छिद्र छोडेसम्म चुनाव निश्पक्ष हुनै नसक्ने पनि उनको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्