Logo

३ महिने सांकेतिक भाषा तालिमको उद्घाटन


वीरगंज । बहिरा नागरिकको अधिकार, सांकेतिक भाषामा संचार भन्ने नाराका साथ ३ महिने सांकेतिक भाषा तालिमको उद्घघाटन समारोह कार्यक्रम सम्पन्न गरिएको छ ।पर्सा बहिरा संघ वीरगंजको आयोजनामा तथा वीरगैज महानगरपालिकाको सहयोगमा आजदेखि बहिरा विद्यार्थीहरुको लागि ३ महिने सांकेतिक भाषाको तालिम सुरु हुने आयोजकले जानकारी गराएको हो ।

हरेक दिन बिहान ७ बजे देखि ८ बजेसम्म १ घन्टा बहिरा विद्यार्थीहरुलाई र दिउँसो ५ बजेदेखि ६ बजेसम्म १ घन्टा बोल्ने र सुन्नेहरुका लागि तालिम दिईने प्रशिक्षक अजय कर्णले बताए । पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगिको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

बहिरा विद्यार्थीहरुसङ्ग संगै अभिभावकलाई र आम पब्लिकलाई पनि सांकेतिक भाषा सिक्न जरुरी रहेको प्रमुख अतिथि सरावगिले बताए । बहिराहरुले प्रयोग गर्ने, बोल्ने भाषा, मिनिमम भाषा के–के हुन सक्छ रु उसले ईसारा गर्दा हामीले उनीहरुको कुरा सजिलै बुझ्न सक्छौं र सार्वजनिक यातायात प्रयोग गर्नु पर्दा, कतै जानु पर्दा आफ्नो कुरा अभिव्यक्त गर्दा सजिलो होस् र त्यसको लागि ३ महिने सांकेतिक भाषाको तालिम दिन जरुरी छ ।

यस तालिमले धेरै जनाको जिवन सरल होला भन्ने बिश्वास लिएको र त्यसको लागि प्रशिक्षण, पर्सा बहिरा संघ, स्कुल प्रशासन र मिडिया साथीहरुलाई धन्यवाद दिन चाहन्छु कि यस्तो कार्यक्रम ल्याईदिनुभएकोमा महानगरपालिकाको सहयोग पहिलेको भन्दा दुई गुणा चार गुणा बढी भविष्यमा गर्ने प्रतिवद्धता गर्दै यो कार्यक्रमको सफलताको शुभकामना छ ।ु सरावगीले भने ।

यस सांकेतिक भाषाको तालिमबाट विद्यार्थीहरुले भवियमा रोजगारी पाउने विश्वास आफूले लिएको भनाइ समेत नगर प्रमुख सरावगिको रहेको थियो । बहिराहरु बोल्न र सुन्न सक्दैनन्, तर अरु सबै काम गर्न सक्षम रहेको र अवसर पाए अरु भन्दा कम नरहेको समेत उद्घाटन कार्यक्रममा चर्चा गरिएको थियोे । बहिरा विद्यार्थीहरुको लागि पनि हरेक क्षेत्रमा ५ प्रतिशत आरक्षण हुनु पर्ने, बहिराहरु पनि यस देशका नागरिक भएकोले सरकार तथा समाजले अनि अभिभावकहरुले उनीहरुको अधिकारलाई सम्बोधन गर्नु पर्नेमा समेत जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्