कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा
विकास टाइम्स
प्रकाशित मिति : 5 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 5 April, 2022

रसुवा । गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई कोभिड(१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।
गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्

