एमालेमा प्रवेश गरेका गापा अध्यक्ष डल्लाकोटी पुन : माओवादीमै फर्किए
विकास टाइम्स
प्रकाशित मिति : 6 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 6 April, 2022

काठमाडौं । सोमबार मात्र ओली निवास बालकोट पुगेर नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी हरि आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेर फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित डल्लाकोटी सोमबार नेकपा एमाले प्रवेश गरेका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर १५ वर्षपछि एमाले फर्किएकोमा उनी पुनस् माओवादी केन्द्रमै फर्किएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्

