Logo

टिकट विवादले कुटाकुट हुँदा गापा अध्यक्षको नाकैै भाँचियो


काठमाडौं । सत्ता गठबन्धनले देशव्यापी रुपमा चुनावी तालमेलको निर्णय गरिसकेका बेला धादिङमा भने उक्त गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसकै नेताबीचमा कुटाकुट भएको छ । आगामी बैशाख ३० गते हुन लागि रहेको स्थानीय निकायको निर्वाचनको लागि उम्मेदवारको टिकट वितरणको विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछि भएको हात हालाहालमा खनिायावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको नाक भाँचिएको हो ।

गठबन्धन नगर्ने अडानमा रहेको नेपाली कांग्रेसको गाउाँपालिका समितिको बैठक मंगलबार बेलुका बसेको थियो । उक्त बैठकमा स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट उठाउने पालिका तथा वडा अध्यक्षका उम्मेदवारहरुको बारेमा छलफल हुँदै गर्दा अर्को पक्षले तामाङमाथि आक्रमण गरेको थियो ।

आक्रमणबाट नाकमा चोट लागेका अध्यक्ष तामाङको अवस्था सामान्य रहेको धादिङ प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरे पनि उक्त व्यक्तिको बारेमा प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्