Logo

घुससहित रंगेहात समातिए नापी कार्यालयका कर्मचारी


काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरू एक लाख घुससहित पक्राउ परेका छन्। उनीहरूलाई अख्तियारको टोलीले ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नापी कार्यालय चाबहिलका सर्वेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई छन्।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साबिक गर्नका लागि भन्दै उनीहरूले घुस लिएका थिए।

घुस रकम लिएर बुढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्