Logo

आजको आवश्यकता नै जलस्रोतको व्यवस्थापन हो : ऊर्जामन्त्री भुसाल


काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलस्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन् । बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

उनले जलस्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेको भन्दै आजको आवश्यकता नै जलस्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् ।‘नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सकेजति विद्युत उत्पादन गर्न सकिएको छैन, प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी छ,’ उनले भनिन्, ‘त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता देखा परेको छ ।’

मन्त्री भुसालले भूमिगत जलस्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्