Logo

राखेपका निमित्त सदस्यसचिव कुलबहादुर थापाले दिए राजीनामा


काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद राखेप का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० को सदस्यसचिवको जिम्मेवारी सुम्पिएपछि थापाले राजिनामा दिएका हुन् ।

उनले राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको बताए। थापाले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका थिए।

सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो भने १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख रिक्त हुन पुगेको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्