Logo

पालिका प्रमुख र मेयरमा महिला भए बेइमानी, जालझेल र षड्यन्त्र कम हुन्छ : प्रचण्ड


काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता सुशासन बढी देखिएको टिप्पणी गरेका छन् ।

बुधबार चितवनको आँप टारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महिलाहरुमा इमानदारिता र सुशासन बढी हुने देखिएको बताएका हुन् ।

प्रचण्डले भनेस महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, उनले मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै भनेस ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो, उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’

महिलाले अवसर पाएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताउँदै महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने मेरो विचार छ’, प्रचण्डले भने , ‘यसले धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्