Logo

बन्दीलाई कानुनमन्त्री नियुक्त, मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका छन्। नेकपा एकीकृत समाजवादीनिकट अधिवक्ता बन्दीलाई प्रधानमन्त्री देउवाले बिहीबार दिउँसो कानुन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गरेका हुन्। बन्दीलाई कानुनमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासलाई सिफारिस पत्र पठाइसकेको छ। राष्ट्रपति कार्यालयले सिफारिस पत्र आएको पुष्टि गर्दै दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको जनाएको छ।

पाँच दलीय गठबन्धनकै साझा प्रस्तावमा उनलाई कानुनमन्त्री बनाइएको हो।​ बन्दी नियुक्त भएपछि वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्रालयमा लगिने भएको छ। ​उनले गत फागुन १६ गते संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट गरेका थिए। बन्दीलाई बिहीबारै मन्त्री पदको शपथ दिलाउने तयारी छ। गैर सांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन्।

एकीकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुसालले गठबन्धनको साझा प्रस्तावमै बन्दीलाई मन्त्री बनाइएको हो। उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नै बन्दीलाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्