म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट एनआइसी एशिया बैंकका न्यौपाने सम्मानित
विकास टाइम्स
प्रकाशित मिति : 12 April, 2022


काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा अनुकरणीय नेतृत्व कुशलता देखाएको भन्दै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर अवार्ड २०२२’ बाट सम्मान गरेको छ ।
गत शनिवार याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा न्यौपानेलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फेलो एनआइसी एशियाजलाई समर्पण गर्दै सो पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति र व्यवस्थापन संघका पदााधिकारीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरूमध्ये सो उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु¥याउनुका साथै नेतृत्व सम्हालेको छोटो अवधिमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन बैंक सफल भएको छ ।
साथै, समस्त ग्राहक, शेयरधनी एवं सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निभाएको छ । बैंकका मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने गर्दै आएको छ

