Logo

चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा थापा


काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा सन्जीव थापा नियुक्त भएका छन् । महाप्रबन्धकको जिम्मेवारी सम्हालेका अभिषेक विक्रम शाहले राजीनामा दिएपछि थापा नियुक्त भएका हुन् ।

चन्द्रागिरि हिल्स् लिमिटेडले शाहको राजीनामा स्वीकृत गरेसँगै आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी थापालाई नियुक्त गर्ने निर्णय गरेको जनाएको हो। कम्पनीमा नवनियुक्त थापा लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा आबद्ध छन् ।

उनले हायत रिजेन्सी, केजीएच समूह अन्तर्गत सञ्चालित पार्क भिलेज रिसोर्ट लगायतमा चिफ अपरेटिङ अफिसरको भूमिका निर्वाह गर्दै आएका थिए ।
शाहले आफ्नो अनुभव विस्तार गर्ने उद्देश्यले कम्पनीबाट स्वैच्छिक राजीनामा दिएको बताए। ुपर्यटनमा काम गर्न सकिने धेरै क्षेत्र छन् ।

आफूले लिएको अनुभवलाई थप नयाँ ठाउँमा विस्तार गर्ने उद्देश्य हो । सो रिसोर्ट सञ्चालनको सुरुवाती समयदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए। चन्द्रागिरिमा केबुलकारसँगै रिसोर्ट पनि सञ्चालनले काठमाडौंमा घुमघामको नयाँ गन्तव्य बनेको छ ।

कम्पनीको गत शुक्रबार बसेको ३२ औं संचालक समितिको बैठकले राजीनामा स्वीकृत गर्नुका साथै नयाँ नियुक्तिको निर्णय गरेको हो ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरिसकेको छ ।  आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा विस्तार गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्