Logo

माछापुच्छ्रे बैंकद्वारा आधुनिक मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सञ्चालनमा


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम(स्मार्ट संचालनमा ल्याएको छ । यसअघि माछापुच्छ्रे मोबाइल मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेको मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिस्कृत गरी एमबीएल एम(स्मार्टको रुपमा सुरु गरेको जनाएको छ ।

विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरेको एमबीएल एम(स्मार्ट एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेसन गर्न सकिने मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्