Logo

सांग्रिला बैंक र दराजबीच सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकका ग्राहकहरुले दराजबाट अनलाइन सामान खरिद गर्दा अनलाइनबाटै भुक्तानी गरे १०५ सम्म छुट पाउने बैंकले जनाएको छ ।

म्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकका कार्ड प्रयोगकर्ताहरुले नयाँ वर्षको अवसरमा चैत्र २८ देखि सिमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १०५ वा एक हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

उक्त छुट पाउन ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय भने गर्नुपर्ने बताइएको छ। सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउँदै बैंकिङ सेवालाई अर्को तहमा पुर्याउने उद्देश्यसहित बैंकले मोबाइल बैंकिङ एप एमबीएल एम(स्मार्ट संचालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्