माओवादीको प्रचार सामग्रीमा कुलमानको फोटो
विकास टाइम्स
प्रकाशित मिति : 13 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 13 April, 2022

सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी प्रचार सामग्री बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्वीर राखिएको हो ।
अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्वीर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।
‘लाेडसेडिङ अन्त्य एउटा फड्काे, अब पालाे निशुल्क बिजुलीकाे’ उक्त पाेष्टमा लेखिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

