Logo

शशत्रको आईजिपीमा पुष्पराम केसी


मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  

शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो। खनालले पहिलो नम्बरका एआईजी केसीलाई चार्ज बुझाएर बिदा भएका थिए। उनै निमित्त आईजीपीको जिम्मेवारी पाएका केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको हो। 

आईजीपीमा बढुवा भएका केसीसँगै रामशरण पौडेल पनि आईजीपीको प्रतिस्पर्धामा थिए। सशस्त्रमा दुई जना मात्रै एआईजीको दरबन्दी छ। केसी कार्य तथा सीमा विभाग र पौडेल मानव स्रोत तथा प्रशासन विभागको कमाण्ड सम्हाल्दै आएका थिए। 

निर्वतमान आईजी खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका उनीहरु दुवै जना ३० वर्षे सेवा अवधिका कारण आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। जसकारण नवनियुक्त आईजी केसीले वैशाख १८ गतेसम्म मात्रै सशस्त्रको नेतृत्व सम्हाल्ने छन्। आईजीपी केसी नुवाकोटका बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस्