नापी कार्यालयद्वारा भू–अभिलेख सूचना व्यवस्था प्रणाली सुरु
विकास टाइम्स
प्रकाशित मिति : 13 April, 2022


काठमाडौं । नापी कार्यालय सुर्खेतले भू–अभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य सुरु गरेको जनाएको छ ।
नेपालमा जग्गाको लिखत रजिष्टे«शन प्रारम्भको एक सय वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा नापी कार्यालयले डिजिटल सेवा सुरुआत गरेको जनाएको हो ।
नेपालमा पहिलोपटक विसं १९७९ वैशाख १ गते जग्गा जमिन किनबेच र रजिष्टे«शन नीतिसँगै पोता रजिष्टे«शन गर्ने व्यवस्था सुरु भएको थियो । नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्न थालिए पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भने कायमै रहेको बताउनुभयो ।
उहाँका अनुसार हाल कार्यालयमा चार–चार अमिन र सर्भेक्षक कार्यरत छन् । “आठ जना अमिन र सर्भेक्षकले वीरेन्द्रनगरसहित पाँच स्थानीय तहको काम गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “कर्मचारी अभावकै कारण भूमि आयोगले माग गरेबमोजिम कर्मचारी खटाउन सकिएन, कम्तीमा अमिन–सर्भेक्षकमात्रै १० जना आवश्यक पर्दछ ।”
नापी कार्यलयको कामप्रति सेवाग्राहीका गुनासाका सम्बन्धमा कुनै प्राविधिक क्षेत्रका विषयबाहेक प्रक्रिया पूरा गरी आउने सेवाग्राहीलाई कार्यालयले तोकिएकै समयमा सेवा प्रदान गर्दै आएको कार्यालय प्रमुख थापाको भनाइ छ ।
नेपालमा जग्गाको लिखत रजिष्टे«शन प्रारम्भको सतवार्षिकीका अवसरमा आज कार्यालयले सेवाग्राहीलगायत सरोकारवालाको सहभागितामा अन्तक्र्रिया तथा परिसंवाद कार्यक्रम आयोजना गरेको छ ।

