एमालेको घोषणापत्र अन्तिम चरणमा ९ गते अन्तिम रूप दिने
विकास टाइम्स
प्रकाशित मिति : 13 April, 2022

विकास टाइम्स
प्रकाशित मिति : 13 April, 2022

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार पार्ने घोषणापत्रलाई बिहीबार अन्तिम रुप दिने भएको छ।
बुधबार पार्टी कार्यालय थापाथलीमा बसेको स्थानीय निर्वाचन प्रतिबद्धता मस्यौदा कार्यदलको बैठकले मस्यौदामाथि छलफल गरेको छ।
मस्यौदा तयार भएको र कार्यदलको बैठकमा त्यसमाथि प्रारम्भिक छलफल गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘छलफल भोलि पनि जारी रहनेछ। सम्भवतः भोलिसम्ममा स्थानीय तहको निर्वाचनसँग सम्बन्धित घोषणापत्र फाइनल गर्नेछौँ’, उनले भने।
एमालेले पार्टी केन्द्रको तर्फबाट तयार पारेको घोषणापत्र भने आगामी वैशाख ९ गते सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्

