सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित
विकास टाइम्स
प्रकाशित मिति : 18 April, 2022


काठमाडां । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।
गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।
बिहानको बैठकमा छलफल जारी रहेको र खानाका लागि केही समय स्थगन गरी बैठक पुनःअपराह्न २ः३० बजेपछि बस्ने प्रधानमन्त्रीका कानून विज्ञ एवं समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।
बैठकमा विशेषगरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

