Logo

गायिका रितु कँडेल विशेष सेवा सम्मानद्वारा सम्मानित


काठमाडौं । गायिका रितु कँडेल विशेष सेवा सम्मानद्वारा सम्मानित भएकी छिन् । उनलाई चन्द्र लोक प्रतिष्ठानले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।

कँडेललगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरु सम्मानित भएका हुन् । उक्त सम्मान कार्यक्रम पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

गायिका कँडेललाई चन्द्रलोक प्रतिष्ठानले कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको हातबाट सम्मानित गरेको हो । रितु विगत १४ वर्षदेखि गायन क्षेत्रमा क्रियाशील छिन्

उनले यसबीचमा दर्जनौं गीतमा स्वर दिएकी छन् भने आधा दर्जन आफ्नै गीत निकालेकी छन् । यस सम्मानले गायन क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा मिलेको कँडेलले बताइन्

प्रतिक्रिया दिनुहोस्