Logo

घोडाघोडी नगरपालिकाका मेयरद्वारा राजीनामा


काठमाण्डौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयरले पदबाट राजीनामा दिएका छन् । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले राजीनामा दिएका हुन ।

आसन्न स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीले उपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका छन् ।

उनले निर्वाचन आचारसंहिता लागु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको भनाईं नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै, पुुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाह र नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्