Logo

सर्वोत्तमको ह्याप्पी टुर समापन


काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ मा ल्याएको ‘एमआर ह्याप्पी टुर’ आज साँझ समापन हुने भएको छ। कम्पनीले गत ३ देखि नयाँ वर्ष ह्याप्पी टुर पोखराको चिप्लेढुंगाबाट सुरु गरेको थियो। आज साँझ जनकपुरको जानकी मन्दिर प्रांगणमा समापन हुने भएको हो।

उक्त टुर चिप्लेढुंगाबाट भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तिर, वीरगञ्जको सहिद पार्क, घण्टाघर, गौरको बीपी चोक हुँदै जनकपुर पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा नेपाली हास्य कलाकार सन्दिप क्षेत्रीलाई साथमा लिएर नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै आफ्ना उत्पादनका बिक्रेताहरुलाई सहयात्रीस्वरुप विभिन्न उपहारहरु वितरणकार्य गर्दै साताव्यापी टुर आयोजना गरेको जनाएको छ।

कम्पनीले आफ्नै चुनढुंगा खानीको चुनढुंगा प्रयोग गर्दै स्वउत्पादित विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्