पाँचखालका सेलिब्रेटी मेयर विवादमा ! चर्चामा उमेश बानियाँ
मेयर सेलिब्रेटी ! देखाउन लायक काम एउटा पनि छैन
विकास टाइम्स
प्रकाशित मिति : 24 April, 2022


काभ्रे । पाँचखाल नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसले कांग्रेसका पुराना कार्यकर्ता तथा व्यवसायी उमेश बानियाँसहित १० जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा हालका मेयर महेश खरेल, राजन कार्की, प्रल्हाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, हेमकुमार लामा, निराजन लुइँटेल, नन्दुप्रसाद दुलाल र चन्द्रमणि आचार्य छन् ।
उपप्रमुखका लागि बद्रीप्रसाद खकुरेल, सावित्री लामिछाने, लक्ष्मी दनुवार, शान्तिलक्ष्मी श्रेष्ठ, सुनिता तामाङ्ग, कुसुम दुलाल, मनकुमारी दनुवा र लक्ष्मी श्रेष्ठको नाम सिफारिश भएको छ ।
पाँचखालका मेयर सेलिब्रेटी ! देखाउन लायक काम एउटा पनि छैन
पाँच खालमा अहिले महेश खरेल मेयर छन् । अमेरिका पढेर आएका महेशको प्रचार शैलीका कारण चर्चामा आए । पूर्वमन्त्री राजेन्द्र खरेलका छोरा महेशले यसपटक पनि मिडियामा स्पेस चाहिँ पाइरहेका छन् । नयाँ भिजन, नयाँ सोच भएका मेयर पाँच खालले पायो भन्ने टिप्पणी त्यो बेला पनि भएको थियो । तर पाँच वर्ष पूरा भइसकेपछि नयाँ सोचका युवाले गरेको काम चाहिँ के रहेछ ? भन्ने खोजी हेर्दा पाँचखालमा देखाउन लायक काम, सुनाउन लायक प्रगति केही पनि देखिएन । समग्रमा देशका अरु नगरपालिकाहरुमा बुढा पुराना नेताहरुले चलाएको घिसिपिटी नगरभन्दा तात्विक भिन्नता केही पनि देखिएन ।
प्रत्येक नगरपालिकाले वा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरा भनेको शिक्षा त्यो पनि सरकारी लगानीमा चलेका विद्यालय शिक्षामा थियो । पाँचखालमा गर्व गर्न लायक न शिक्षा भयो, भर गर्न सकिने न स्वास्थ्य सेवा नै भयो । कृषककालागि पनि खास अनुदान देख्न सुन्न पाइएन ।
सेलिब्रेटी मेयर किन विवादमा ?
यसपटक पाँचखाल नगरपालिकामा मेयरको नाम सिफारिस गर्ने बेला पाँचखाल नगर समितिमा ठूलो किचलो भयो । यो किचलोको मुख्य विषय नै मेयर महेश खरेलका कारण उत्पन्न भयो ।सुरुमा कमिटीका बहुमत सदस्यले खरेलको नाम नै सिफारिस नगर्ने अडान लिएका थिए । काभ्रे कांग्रेसमा पनि खरेलको विरुद्धमा बलियो मत छ । खरेल व्यक्तिगत रुपमा सेलिब्रिटी बन्न खोजेको, कांग्रेस पार्टीलाई नै काभ्रेमा ओझेलमा पार्न खोजेको विषय अहिले कांग्रेसभित्र जोडतोडले उठेको छ । पाँच वर्षमा खरेलले पार्टी कमिटी र जिल्लाका नेता कार्यकर्तालाई बेवास्ता गरेको विषय काभ्रे कांग्रेसको निष्कर्ष छ । आफ्नो विपक्षमा माहोल देखेपछि खरेल बैठक नै छाडेर हिँडेका थिए । त्यसपछि खरेलले बैठककै अवमूल्यन गरेको भन्दै सर्वसम्मतिले एकजनाको मात्र नाम सिफारिस गर्ने तयारी भएको थियो ।
खरेलबाहेक एकजनाको नाम सर्वसम्मतले सिफारिस गर्ने चेतावनीसहित तत्काल बैठकमा डाकिएपछि खरेल २ घन्टापछि पुगेका थिए । त्यसपछि खरेललाई बैठकमा अरुलाई रैती र आफूलाई राजा ठान्ने स्वभाव भएको भनेर सदस्यहरुले चर्को आलोचना गरेका थिए । खरेल पाँचखाल नगरपालिकाको मेयर भए पनि अधिकांश समय काठमाडौंमै बस्छन् । उनी लामो समय अमेरिका बसेर आएका हुन् । केहीले अमेरिकाबाट डिपोट भएको दावीसमेत गर्छन् । त्यसैले उनलाई कुनै पनि हालतमा टिकट नदिन पाँचखालका प्रतिबद्ध कार्यकर्ताहरुले माग गरेका छन् । खरेलले नै पुनः टिकट पाए उनका तर्फबाट भोट माग्न नसकिने निष्कर्षसमेत कार्यकर्ताहरुले निकालेका छन् ।
…
सिफारिसमा परेका – प्रल्हाद थापा ।
व्यवसायी उमेश बानियाँ किन चर्चामा ?
पाँचखाल नगररपालिकाको मेयरमा सिफारिस गरिएका मध्ये एक हुन् – उमेश बानियाँ । बानियाँ ४६सालदेखि कांग्रेसकालागि सक्रिय छन् । पहिले नेविसंघको राजनीति गरेका उनी अहिले नगर क्षेत्रकै विकासका लागि मेयरमा लड्ने तयारीमा छन् ।
व्यवसाय गरेर समाज र सरकारी संयन्त्रको नशा नशा छामेका उमेशले भ्रष्टाचार न्युनिकरण, सुशासन, कृषक केन्द्रीत कार्यक्रम, शिक्षामा गुणस्तर काय, सहज र सर्वसुलभ स्वास्थ्यमा जोड दिने बताइरहेका छन् ।
बानियाँ भन्छन् ‘स्वास्थ्य सेवा बिग्रियो भने केही मान्छे अहिले नै अकालमा मर्छन् तर आज बिग्रेको शिक्षाको गुणस्तरले समाजलाई आगामी ५० वर्षसम्म पिरोल्छ । यसकारण प्रत्येक सरकारी विद्यालयमा पढ्ने बालबालिकाले पाउने शिक्षा गुणस्तरीय, विश्व प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । नगरका सरकारी विद्यालयको गुणस्तर हेरेर अभिभावकहरुले निजी स्कुलबाट आफ्ना बच्चा सरकारीमा नाम लेखाउन ल्याउनेसम्मको गुणस्तर कायम हुन्छ । नगरबासीका लागि यति गर्न सकियो भने यो भन्दा सुन्दर उपहार मेरो तर्फबाट अरु केही हुने छैन ।’
स्वास्थ्य सेवाको सम्बन्धमा बानियाँ भन्छन्, ‘प्रत्येक परिवारका लागि स्वास्थ्य बीमा, अनि बीमाबाट हुने उपचार पनि गुणस्तरीय । यति चाहिँ जसरी पनि गर्नै पर्छ । स्वास्थ्य र शिक्षा त्यो पनि गुणस्तरीय भएपछि कसैलाई पनि छोराछोरी कसरी पढाउने भन्ने चिन्ता हुँदैन । बिरामी भए कसरी उपचार गर्ने भन्ने चिन्ता पनि हुँदैन । शिक्षा र स्वास्थ्यको जिम्मा स्थानीय सरकारले लिन्छ । यति भएपछि जनताको काम आफ्नो पेशा, व्यवसाय गर्ने मात्रै हुन्छ । मुख्य चिन्ता सरकारले व्यहोरेपछि जनताले अनुशासनमा बसेर, नगरको स्वच्छता नबिगारी, मौलिकता नबिगारी आफ्नो काम गर्नु पर्छ ।’
…
मेयरकाे सिफारिसमा परेका कुमार लामिछाने ।
‘प्रक्रिया पुगेका कुनै पनि काम रोकिने छैनन्, तोकिएकै समयमा पूरा हुन्छन्’
बानियाँ भन्छन्, ‘मेयरमा मैले टिकट पाएँ भने चुनाव मेरो पक्षमा हुनेछ भन्नेमा विश्वस्त छु । मेयरका रुपमा मैले कार्यभार सम्हाले पनि नगरपालिकाले दिने सेवाको प्रभावकारीता नगरबासी आफैले महशुस गर्ने छन् । वडाध्यक्ष भेटिएनन्, सचिव भेटिएनन्, मेयर भेटिएनन् , आज काम भएन भन्ने गुनासो शुन्यमा झर्छ । जुन समयमा जो व्यक्ति जहाँ भेटिनुपर्ने हो त्यस्ता पदाधिकारी जसरी पनि भेटिन्छन् । प्रक्रिया पुगेका काम तत्काल हुने छन् । प्रक्रिया नपुगेका कामका लागि जति जे सुकै गरे पनि हुँदैनन् । नियमबिपरीतका काम गराउन प्रधानमन्त्रीको सोर्स लगाए पनि पाँचखालमा हुँदैन भन्ने सन्देश पुरै देशमा फैलिने गरी काम हुन्छ । नियम भनेको पाँचखालमा जस्तो कडा हुनुपर्छ भन्ने मानक नै स्थापित गर्ने छु। ’

