कैफियतपूर्ण फैसलाको आरोपमा न्यायाधीश केसीबिरुद्ध न्यायपरिषदमा उजुरी दर्ता हुँदै
विकास टाइम्स
प्रकाशित मिति : 26 April, 2022


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीबिरुद्ध विभिन्न ओरोपमा न्यायपरिषद्मा उजुरी दिने तयारी भइएको छ । उनलाई विभिन्न मुद्दामा लाभ लिएर फैसला गरेको आरोप लगाइएको छ।
लाभका आधारमा मुद्दाको फैसला गर्दै आएको भन्दै अदालत निकट एक समूहले केसीविरुद्ध न्यापरिषद्मा उजुरी दिने तयारी गरेको बुझिएको छ । सत्य र तथ्यका आधारमा न्याय निरुपण गर्नुपर्ने न्यायलयको मान्यतालाई प्रभावित पारेको ठहरसहति उनीहरुले न्यायाधीश केसीबिरुद्ध न्यापरिषदमा उजुरी दिन लागेको बताइएको छ ।
सर्वोच्च निकट स्रोतका अनुसार उक्त समूहले तयार पारेको उजुरीमा न्यायाधीश केसीमाथि दश भन्दा बढी मुद्दाको फैसला लाभका आधारमा गरेको आरोप लगाइएको छ ।
केसीले बर्दिया जिल्ला अदालतको न्यायाधीश रहँदाको समयमा आर्थिक लाभ लिएर त्रुटिपूण फैसला गर्दा विवादमा तानिएको र तत्कालिन समयमा उनलाई नेपाल बार नेपालगञ्ज र नेपालगञ्ज पुनरावेदन अदालतका मुख्य न्यायाधीश रामप्रसाद श्रेष्ठले जोगाएको उल्लेख छ ।
केसीमाथि एनसेलको कर छली प्रकण मुद्दालगायत विभिन्न सरकारी मुद्दाको फैसलामा आर्थिक लाभ लिएर देशको हित विपरित फैसला सुनाएको अरोप लगाइएको छ । उनलाई नेपाल बारेले समेत विचौलीयाको रुपमा व्यख्या गरेको व्यक्तिलाई न्यायलयमा राखिरहनुको औचित्य नहुँने र छानविन गरी कारवाही गर्न भनिएको छ ।
केसी उमेर हदका कारण वैशाख १८ गतेदेखि सर्वोच्चको न्यायाधीश पदबाट अवकासमा जाँदैछन् । उनिमाथि अवकासमा जानुअघि विभन्न आर्थिक लाभ लिएर कैफियतपूर्ण फैसला गरेको आरोपसहित न्यायपरिषदमा उजुरी दर्ता गर्न लागिएको हो । धेरै जसो मुद्दा हेर्दाहेर्दैमा राखेर वार्गेनिङ गर्ने गरेको बताइएको छ ।
केसीका कारण अरु न्यनयधीशहरुको पनि बदनाम भएको भन्दै उनीमाथि छानविन गरी कारवाही गर्न माग गरिएको छ । स्रोतले एक दुई दिनभित्र उजुरी दर्ताको तयारी भइरहेको दावी गरेको छ ।
केसीले सर्वोच्च अदालतमा रहँदै पनि विभिन्न फौजदारी मुद्दामा कसुर ठहर भई सजाय घटाउने गरी राय व्यक्त र मुद्दामा पुर्पक्षका लागि धरौटीमा रहन पाउने गरी भएको आदेशले न्यायाधीश नियुक्तिको क्षेत्र र न्यायिक कार्यका विविध पक्षमा प्रश्न उउठाउँदै आएका थिए । यसमा कतिपयले असन्तुष्टि पनि जनाउदै आएका थिए ।

