वालिङमा २५२ जनाको उम्मेदवारी
विकास टाइम्स
प्रकाशित मिति : 28 April, 2022


काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो ।
वालिङ नगरपालिकाका निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी परेको छ । दलहरुले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नगर प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ भने महिलाको सङ्ख्या शून्य छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा र मङ्गोल अर्गनाइजेसनबाट एक÷एक जना तथा स्वतन्त्रबाट दुई जनाको प्रमुखमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नेपालीले बताउनुभयो ।
त्यसैगरी उपप्रमुखमा पाँच महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको वालिङ नगरपालिकामा वडाध्यक्षमा ५७ पुरुष र दुई महिलाको उम्मेदवारी परेको छ । यस्तै २८ खुला सदस्यमा ८८ पुरुष र पाँच महिला, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेदवारी परेको छ ।

