Logo

गठबन्धनको जित निश्चित छ,जगन्नाथलाई फकाउनु पर्दैन :प्रचण्ड


भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दावी गरेका छन् । चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताए । ‘उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ । फैसला चितवनका जनताको हातमा छ । उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई छ । निर्वाचन जित्न अप्ठ्यारो हुन्छ भन्ने लाग्दैन । धेरै कारणले नतिजा गठबन्धनको पक्षमा हुन्छ’ प्रचण्डले भने । उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए । आज भरतपुरमा गठबन्धनले आयोजना गर्ने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा , नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्