विकास र आर्थिक समृद्धिको लागी राजनीति: दिपेन्द्र बिक्रम बुढाथोकी
विकास टाइम्स
प्रकाशित मिति : 9 May, 2022


स्थानिय तहको निर्बाचन नजीकिए संगै कमलामाई नगरपालीका सिन्धुली का स्वतन्त्र तर्फ का मेयर उम्मेदबार दिपेन्द्र बुढाथोकी ले घर दैलो कार्यकक्रम लाई तिब्रता दिएका छन। विकास र आर्थिक समृद्धिको लागी राजनीति भष्टाचारविरुद्धको अभियान धारो चिन्हमा दिपेन्द्र विक्रम बुढाथोकीलाई मतदान भन्ने नाराका साथ उनी चुनावी मैदानमा खडा भएका हुुन ।
बुढाथोकी भन्छन भोट हाल्ने बेला छातीमा हात राखेर सहि उम्मेदवार छनौट गर्न मतदाता लाइ आग्रह गरेका छन। पैसा खर्च गर्ने उमेदबार भन्दा जो सङ काम गर्ने सोच र भिजन छ त्यसलाई मतदान गरौ भन्दै मतदाता सामु प्रस्तुत भएका हुन। ब्यक्तिगत स्वार्थको लागि जनतालाई धम्काउने,तर्साउने ,आतंक मच्चाउने समाजका युवालाई प्रलोभनमा पारेर चुनाब जितेपछि न जनता न कार्यकर्ता चिन्ने नेता भन्दा स्वतन्त्र उमेदबार दिपेन्द्र बिक्रम बुढाथोकीलाइ मतदान गर्नुपर्ने बताउँछन्। राजनीति भनेको समाज सेवा हो स्वार्थ मा लिप्त भयर राजनीति गर्न नहुने बताउँछन्।उम्मेदवार बुढाथोकीका अनुसार कमलामाई नगरपालिकालाई भष्टाचारमुक्त बनाउने लक्ष्य रहेको बताए । साथै कमलामाई नगरपालिकाको हकहितको लागी सधैं आफु अग्रसर हुने बताउँछन् ।

