विमान दुर्घटनास्थलमा १६ वटा शव भेटियो
विकास टाइम्स
प्रकाशित मिति : 30 May, 2022

विकास टाइम्स
प्रकाशित मिति : 30 May, 2022

जोमसोम । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए ।
हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्दार एवम् खोजी कार्य गरिरहेको छ । दविमानमा धनुषाका एकै परिवारका सातजना सवार भएको पुष्टि भइसकेको छ । विमानमा १९ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस्