Logo

अर्थमन्त्री शर्मालाई गगन थापाका प्रश्नप्रश्नै


काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई स्रोत व्यवस्थापनलगायत विषयमा प्रश्न गरेका छन्। आज प्रतिनिधि सभा संसद बैठकमा बजेटबारे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व कसरी २० प्रतिशतले बढ्छ भन्ने प्रश्न गरेका हुन्।‘यस वर्ष समग्रमा राजश्वको लक्ष्य अरू वर्षहरूको भन्दा कम हुने अवस्था देखिन्छ,’ थापाले भने, ‘यस्तो अवस्थामा यति धेरै राजश्व बढाउँछु भनेर अर्थमन्त्रीले मलाई कसरी आश्वस्त पार्नुहुन्छ
अनुमान गरिएको स्रोत यथार्थपरक छ भन्नेबारे अर्थमन्त्रीले आश्वस्त पार्नुपर्ने पनि उनले बताए। उनले पूँजीगत खर्चबारे पनि प्रश्न राखेका छन्। ‘हामी के त्यस्तो नयाँ गर्छौं जसले गर्दा यो वर्ष पूँजीगत खर्च अघिल्लो वर्ष हुन नसकेको पूँजीगत खर्च यो वर्ष हुन्छरु,’ उनले भने। उनले सामाजिक स्वास्थ्य सुरक्षाका सम्बन्धमा कुरा उठाएका थिए। ‘स्वास्थ्य बीमालाई अब बीमा कम्पनीमार्फत चलाउने भनेर यसपालि अर्थ मन्त्रालयले कार्यक्रम ल्यायो। यो भनेको नेपालले अहिलेसम्म लिएको स्वास्थ बीमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्