Logo

चर्चित संगीतकार कस्तुप पन्त र गायिका पन्तको प्रेमिल भाव दिने गित सार्वजनिक (भिडिओ)


काठमाडौ । चर्चित संगीतकार कस्तुप पन्तद्वारा संगीतवद्ध गरिएको ‘को नै छ र तिमीबीना ।।’ नामक गित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीतकार पन्तले प्रेमिल भाव दिने मिठासपूर्ण संगीत भरेका छन् ।

अञ्जु पन्तले स्वर दिएको गीतका शब्द शिव पौडेलले लेखेका हुन् । उक्त गीतमा संगीत एरेञ्जको काम कमल सौरागले गरेका छन् ।

गीतको भिडियोमा रोशनी कार्की र पुरुषोत्तम पौडेल फिचर्ड छन् । भिडियोलाई दीपक गिरी एण्ड उनको टिमले खिचेको हो । कपिल लामाको निर्देसन रहेको भिडियोमा सम्पादन शिव पौडेलको छ ।

प्रतिक्रिया दिनुहोस्