Logo

आज पनि रोके स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका गाडी


काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्। स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन् । मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो।

फोहोर बोकेर आएका गाडी रोकिएको र फोहोर विसर्जन गर्न नदिइएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए। गाडी रोकिएका छन्। मंगलबारजस्तै प्रहरीहरू पनि आएका छन्। अब काठमाडौं महानगर कसरी अगाडि बढ्छ त्यसैमा परिस्थिति निर्भर रहन्छ,’ उनले भने।काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्