Logo

संसदीय समितिमा भीम रावल र परराष्ट्रमन्त्री खड्काबीच चर्काचर्की


काठमाडौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेकपा एमालेका सांसद डा. भीम रावल र परराष्ट्रमन्त्री डा। नारायण खड्काबीच चर्काचर्की भएको छ। अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा रावल बोल्दै गर्दा परराष्ट्रमन्त्री खड्काले हस्तक्षेप गरेपछि दुईजनाबीच चर्काचर्की भएको हो।

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले गत जेठ ६ गतेदेखि भएको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेटेकोबारे रावलले कडा आपत्ति जनाएका थिए। अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणका बेला जुन तिब्बती शरणार्थीको क्याम्पमा जानुभयो, त्यसलाई लिएर परराष्ट्र मन्त्रीले यो त नेपालको हितमा छ भन्नुभयोु, रावलले भने, ुदेशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने स्वतन्त्र परराष्ट्र नीतिको रक्षा कसरी हुनसक्छरु,’ उनले यति पश्न गरेपछि खड्काले ‘त्यस्तो नबोलेको’ भन्दै उनलाई बीचमा नै बोलेका थिए। लगत्तै रावलले आफूले रेकर्ड ल्याएर समितिमा देखाउन सक्ने चुनौती पनि दिए।
खड्काले ‘ल्याउनुस्, ल्याउनुस्’ भन्दै रावलसँग सवाल(जवाफ गरेका थिए।

त्यसैलाई लिएर दुईजनाबीच संसदीय समितिमा चर्काचर्की परेको ह परराष्ट्रमन्त्री खड्काले दिएको प्रतिक्रियाले नेपालको परराष्ट्र नीतिमा विचलन आएको कुरा प्रमाणित गरेको पनि रावलले बताए। नेपाली सेनालाई अन्य सैन्य गठबन्धनसँग भिड्न लगाउने कुरा इन्डो प्यासिफिक सैन्य रणनीतिको दस्तावेजमा लेखिएको कुरा पनि आपत्तिजनक भएको रावलले तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्