Logo

खाना नदिएको झोंकमा पत्नीको हत्या


नयाँ दिल्ली : भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पति विनोदकुमार दुबेले खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नी सोनालीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरु सँगै सुतेका थिए । तर बिहान पत्नी सोनाली मृत अवस्थामा फेला परेका थिए ।

दुबेलाई दिल्लीको अर्को स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो । आफूहरु सँगै मदिरा पिएको तर केही समयपछि  खाना नमाग्दा नदिएपछि विवाद हुँदा आफूले हिर्काएको उनले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्