Logo

न्यायलयमा बिचौलियाको बिगबिगि, न्यायाधीशले गरे न्यायको नाममा व्यापार


काठमाडौं, ९ असार

न्यायाधीश कोइराला र अधिवक्ता रूद्रप्रसाद पोख्रेलबीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको अडियो समाचारमाथि छानबिन गर्न न्यायपरिषदले छानबिन समिति गठन गरेको छ। आज बसेको न्यायपरिषद बैठकले सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय विस्तृत जाँचबुझ समिति गठन भएको र न्यायाधीश कोइरालालाई काम गर्न रोक लगाएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोख्रेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ। अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए।

जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो। झन्डै १० मिनेट लामो उक्त अडीयोमा अधिवक्ता पोख्रेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भनेका छन् ।

यस्ता घटना आज मात्र होइन वर्षौं देखि हुदैं आएका छन्। यो मात्र हैन यस्ता कयौं घटनाहरु अझै बाहिर आउन जरुरि छ। समाजमा कमजोरलाई हेपने र अन्याय हुने यो प्रणालि पहिले देखि नै चलि आइएको हो। एउटा असल समाजको निर्माणको लागि न्यायलयमा मात्र होइन स्कुल,कलेज,सरकारि अफिस जस्ता धेरै ठाउमा राम्रो न्यायको आवश्यक पर्छ । केहि राष्ट्रबादि हौं भन्नेहरुले सत्तामा पुगेर न्याय र खोक्रो राष्ट्रबाद का कुरा मुखले मात्र गरेर व्यवहारमा नउत्रिए पछि त्यसको कुनै महत्व रहदैन ।

 

प्रतिक्रिया दिनुहोस्