Logo

काँग्रेसको केन्द्रिय विभाग र भातृ संस्थाको काम यो साता पूरा हुने महामन्त्री थापाको घोषणा


काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रिय विभाग र भातृ संस्थाको काम आगामी सातासम्म यी काम पूरा हुने बताउनुभएको छ । उहाँ स्थानीय चुनावमा व्यस्त भएका कारण भ्रातृ संस्था र विभागले पूर्णता पाउन ढिलाइ भएको बताउनुभएको छ । विभाग र भातृ संस्थाको चाबी सभापति शेरबहादुर देउवासँग रहेको बताउँदै महामन्त्री थापाले आगामी सातासम्म यी काम पूरा हुने र कांग्रेसले गति लिने बताउनुभयो ।

‘हामी ६ महिनामा गर्नुपर्ने काम गर्न चुक्यौँ। तर, ८–१० दिनभित्रै सबै काम टुंग्याउँ भन्ने हाम्रो प्रयास छ’ महामन्त्री थापाले भन्नुभयो , ‘वैशाखको ४–५ गतेदेखि हामी लगातार चुनावमै व्यस्त भयौँ। चुनावको लगत्तै हामी बाँकी कुरा टुंग्याउने तयारीमा थियौँ, सभापतिजीलाई शोक पर्यो। १४–१५ दिन हाम्रा सबै गतिविधि रोकिए।’

यसैबीच कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना बित्दा पनि विभाग र भातृ संगठनले पूर्णता नपाएको भन्दै नेतृत्वको आलोचना हुन थालेपछि शुक्रबार सभापति शेरबहादुर देउवाले केही विभाग र भातृ संगठन बनाउनुभएको छ । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनयन गर्नुभएको छ ।
कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ३६ ९१० ९क० र नियमावली २०७६ को नियम ३३ बमोजिम खड्कालाई प्रतिष्ठान प्रमुखमा मनोनित गर्नुभएको उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले पार्टीका दुई भातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघका अध्यक्ष पनि मनोनित गर्नुभएको छ । । सभापति देउवाले किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्