Logo

शिकागोमा स्वतन्त्रता दिवसको परेडमा भयो गोलीबारी, ६ जनाको मृत्यु


शिकागो ,२१ असार

न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । सोमबार हाइल्याण्ड पार्कमा फोर्थ जुलाईको परेड सुरु भएको १० मिनेटपछि बन्दुकधारीले नजिकैको घरको छानोबाट गोली चलाउन सुरु गरेको थियो । बन्दुकधारी अहिलेसम्म फरार रहेको जनाइएको छ ।

गोली चलाउने १८ देखि २० बर्षभित्रको टिसर्ट लगाएको श्वेत व्यक्ति रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट राइफल बरामद गरिएको छ ।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्