जापानका पूर्वप्रधानमन्त्रीलाई स्पिच दिदै गर्दा गोली प्रहार
विकास टाइम्स
प्रकाशित मिति : 8 July, 2022

विकास टाइम्स
प्रकाशित मिति : 8 July, 2022

काठमाडौं, २४ असार
जापानका पूर्वप्रधानमन्त्री शिंजो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्

