Logo

यति एयरलाइन्सको जहाज उड्नेबित्तिकै इन्जिनमा समस्या


कास्की । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।

पोखरा विमानस्थलबाट शुक्रवार बिहान उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।

नाइन एन एएनजी कलसाइन भएको जहाज उडेको ६ मिनेटमै बायाँ इन्जिनमा समस्या देखिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताउनुभयो । समस्या देखिएपछि जहाजलाई पोखरा विमानस्थलमै आकस्मिक रुपमा सुरक्षित अवतरण गराइएको थियो ।

‘बिहान ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उहाँले भन्नुभयो, ‘बायाँब इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’

जहाजमा ४५ जना यात्रु थिए। सबै यात्रु सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्